कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरेलगत्तै नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक असोज ३० गते दिउँसो १ बजे पुनः बस्नेगरी स्थगित गरिएको हो । सम्बोधनमा देउवाले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

देउवाले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण बनिनसकेको बताए। देउवाले  मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएकाले चुनावका लागि भयरहित वातावरण बनिनसकेको बताए ।

‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन। निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ। यसतर्फ सरकारको ध्यान जाओस्,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर