विपिनसहित चार जनाको शव हस्तान्तरण
काठमाडौं । प्यालेस्टिनी आतंकवादी समूह हमासले विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरेको छ। हिजो सोमबार अबेर हमासले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव हस्तान्तरण गरेको थियो।
इजरायली सेना (आइडिएफ) ले सोमबार साँझ रेडक्रसमार्फत शवका चार वटा बाकस प्राप्त भएको पुष्टि गरेको इजरायली अनलाइन टाइम्स अफ इजरायलले जनाएको छ। उक्त बाकसमा विपिन, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव रहेको भनेर पनि टाइम्स अफ इसराइलले समाचारमा उल्लेख गरेको छ।
प्रतिक्रिया
