राप्रपामा विग्रह : लिङदेनलाई अल्टिमेटम
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री डा. धवलशम्शेर जबराले मंसिर १८ गतेभन्दा अगाडि नै महाधिवेशनको मिति तोकिसक्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई अल्टिमेटम दिएका छन् ।
काठमाडौंमा आइतबार जबरा पक्षधर नेताहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न अल्टिमेटम दिएका हुन् । महामन्त्री जबराले महाधिवेशन गर्न दबाब दिने उद्देश्यले बैठक बोलाएका थिए ।
उनले वर्तमान कार्यसमितिको चार वर्ष कार्यकाल मंसिरको १८ गते सकिने भएकोले सोभन्दा अगाडि नै महाधिवेशनको मिति तोक्नुपर्ने बताए । मंसिरमा महाधिवेशन नगरे वर्तमान कार्यसमिति अवैध हुने उनको भनाइ छ ।
प्रतिक्रिया
