राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । हिजो शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षणपछि चिकित्सकले सामान्य सुधार भएको बताउँदै आइतबार बिहान डिस्चार्ज गरेका हुन् । अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर छ । स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान राष्ट्रपति पौडेल र जेनजीका प्रतिनिधिसँग तय भएको छलफल स्थगित गरिएको थियो । उक्त बैठक अब सोमबारका लागि सारिएको छ ।
प्रतिक्रिया
