पूर्वराजा ज्ञानेन्द्र शाहको नियमित स्वास्थ्य परीक्षण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी आइतबार परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन् । अस्पताल स्रोतका अनुसार, पूर्वराजा शाहको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको हो । उक्त परीक्षणको रिपोर्ट पाँच दिनपछि आउने छ ।

‘उहाँ प्रोस्टेट बायोप्सीको परीक्षणका लागि आउनुभएको हो । नियमित परीक्षण हो’. अस्पतालका एक चिकित्सकले भने । प्रोस्टेट, पुरुषहरूमा  हुने ग्रन्थी हो ।  यो ग्रन्थी पिसाब थैलीको मुनि र मूत्रनलीको वरपर हुन्छ । ग्रन्थी र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट प्रोस्टेट बनेको हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर