नेपालका विपिन जोशी जीवितै, आज मुक्त हुने विश्वास

काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत सोमबार बन्धकहरूको रिहाइ प्रक्रिया सुरु हुने भएको छ । यसै क्रममा गाजा पट्टीमा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

टाइम्स अफ इजरायल, एपीसहितका प्रतिष्ठित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा विपिन जोशीको नाम स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

शुक्रबार सम्पन्न युद्धविराम सम्झौतासँगै सोमबारदेखि मंगलबारसम्म बन्धकहरूको रिहाइ हुने अपेक्षा गरिएको छ । यसको बदलामा इजरायलले पनि दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको छ । यसरी, विपिन जोशीसहितका २२ जना जीवित बन्धकहरूको सुरक्षित फिर्तीको सम्भावना बढेर गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर