काठमाडौंमा र्‍याली, सभा, प्रदर्शनजस्ता कार्यक्रम गर्न रोक

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले र्‍याली तथा प्रदर्शनमा रोक लगाएको छ। एक सुचना जारी गर्दै प्रर्दशनमा रोक लगाएको हो ।
आज एमाले निकट युवा संघले मोटरसाईकल र्‍याली निकाल्ने घोषणा गरेको थियो । प्रशासनले शान्ति सुरक्षा कायम राख्न, सार्वजनिक सम्पत्ति जोगाउन र सेवा प्रवाहलाई सहज बनाउन यस्तो निर्णय लिएको हो। प्रशासनले
स्थानीय प्रशासन ऐन २०२८ र प्रहरी ऐन २०१२ अनुसार यस्तो निर्णय गरिएको बताइएको छ।

गत भदौ २३ गतेको जेनजी आन्दोलन पछिका दिनहरूमा तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेका घटनाको स्मरण गराउँदै प्रशासनले शान्ति–सुरक्षा कायम राख्ने, सार्वजनिक सम्पत्ति जोगाउने र सेवा प्रवाहलाई सुचारु राख्ने कार्यमा प्रशासन केन्द्रित रहेको जनाएको छ।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ’विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन थप जटिलता सिर्जना गर्न सक्ने भएकाले यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।’

जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३९क० र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम यस्तो निर्णय गरिएको कार्यालयले स्पष्ट गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर