डोटीमा इभी हाइस दुर्घटना : एकको मृत्यु, १८ घाइते

काठमाडौं । डोटीको जोरायलमा इभि हाइस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । जोरायल गाउँपालिका– १ गोल्डेनस्थित भिमदत्त राजमार्गमा शनिबार बिहान करिब ५ः३५ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३९५६ नम्बरको इभि हाइस अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो । अछामको मङ्गलसेन नगरपालिका–९ का २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

साथै घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी वरिष्ठ नायब निरिक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १४ जनाको प्रहरी टोली र स्थानीयले घटनामा घाइतेहरुको उद्धार गरी उपचारका लागि कैलाली अत्तरियास्थित पद्मा अस्पतालमा पठाइएको छ ।

गम्भीर घाइते हुनेहरुमा अछामको मङ्गलसेन नगरपालिका– ९ बस्ने वर्ष १८ का लोकेन्द्र रावल, वर्ष १६ का एकेन्द्र विक, वर्ष ३५ की मोतिकला परियार, वर्ष ११ का बिराज परियार, वर्ष ५३ का भिमबहादुर ढोली, वर्ष ११ की सृष्टी परियार, वर्ष १९ का बिनोद परियार र वर्ष ३० की मनसरी परियार हुनुहुन्छ ।

यसैगरी, अन्य घाइते हुनेहरुमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–१२ बि गाँउ बस्ने वर्ष ३८ का हाइस चालक देब बहादुर थापा, मङ्गलसेन नगरपालिका– ९ का वर्ष ४२ का मेघ्या ढोली, वर्ष ५ की आहाना परियार, वर्ष ५ की एलिसा परियार, वर्ष ५० की पद्मा परियार, वर्ष ५ की रिया परियार, वर्ष २३ का रबी परियार, वर्ष ३७ का नृप ढोली, वर्ष ३८ का देवराज भाट, अछाम बान्निगढी नगरपालिका–१ जयगढ बस्ने वर्ष ५० की इन्द्रसरा परियार हुनुहुन्छ । मृतक हरिया परियार र घाइते सबैजसो अछाम मङ्गलसेन नगनरपालिका–९ का रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर