२० बन्धक रिहा हुनेमध्ये विपिन जोशीको अवस्था अज्ञात
काठमाडौं । इजरायल र हमासबीच युद्धविरामको सम्झौतापछि बन्धक रिहा हुने भएका छन् । हमासको बन्धकमा रहेकाको सूची सार्बजनिक भएको छ । जसमा अहिले हमाससँग २० बन्धक जीवित भएको बताइएको छ र उनीहरुको सूची सार्वजनिक भएको छ ।
त्यस्तै, नेपालका विपिन जोशी र इजरायलका सैनिक तामिर निमरोदीको अवस्था अज्ञात रहेको छ । त्यस्तै हमासले बन्धक बनाएका अन्य २६ जनाको मृत्यु भएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार मंगलबारसम्म हमासले बन्धक बनाएका सबै जना रिहा हुने बताएका छन् ।
प्रतिक्रिया
