बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

काठमाडौं । देशभर बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गतेदेखि २१ गतेसम्म बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।

जसमा सबैभन्दा धेरै इलाममा रहेका छन् । इलाममा पहिरोबाट ३७ र बाढीमा एक जना गरि ३८ जनाको मृत्यु भएको छ । त्यस्तै उदयपुर,  धनुषा र पाँचथरमा २-२ जना, काभ्रे, खोटाङ, मोरङ, सुनसरीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै रौतहटमा २ जनाको चट्याङ लागेर र एक जना बाढी,मा परेर मृत्यु भएको छ ।

बाढी र पहिरोमा परेर हाल सम्म ६ जना बेपत्ता रहेका छन् । जसमा रसुवामा ४ जना, भोजपुर र इलाममा एक एक जना रहेका छन् ।  असोज १७ गतेदेखिको बाढी र पहिरोमा परेर हाल सम्म ४७ जना घाइते रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर