उनका अनुसार पानीको धार अहिले पनि भित्तासम्म टाँसिएको छ र सडक खोलाको किनारै किनार लैजानुपर्ने भएकाले निर्माण कार्य चुनौतीपूर्ण रहेको छ । उनले स्थानीय, प्रहरी र निर्माण व्यवसायीहरूको सहयोगमा काम तीव्र पारिएको बताइन् ।
यसअघि सरोकारवाला निकायबिच बिपी राजमार्ग चाँडोभन्दा चाँडो सञ्चालन गर्ने सहमति भएको थियो । यता, सिन्धुलीको नेपालथोक पट्टी पनि सडक डिभिजन कार्यालय खाल्टे मार्फत सोमबारदेखि डाइभर्सन निर्माण सुरु गरेको छ । उक्त खण्डमा समेत बाढीले सडक कटान गरेपछि वैकल्पिक बाटो खोल्ने प्रयास भइरहेको छ ।
गत वर्ष असोजमा आएको बाढीले बगाएको ठाउँलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको थियो । तर, यस वर्ष फेरि सोही भागमा बाढीले सडक बगाएपछि अहिले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
सडक विभागका अनुसार निर्माण कार्य पूरा गर्न मौसममा सुधार भएमा कम्तीमा एक हप्ता लाग्ने अनुमान गरिएको छ । त्यसपछि मात्र मात्र बिपी मार्गबाट काठमाडौँ आवागमन पुनः सहज हुने अपेक्षा गरिएको छ ।
