यस वर्षको मनसुनले आजदेखि बिदा पाउँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ । आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिएको विभागले आज एक ‘बुलेटिन’ जारी गरी जनाएको छ ।
मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने जनाइएको छ ।
प्रतिक्रिया