गर्भवती महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । देशका विभिन्न स्थानबाट चार गर्भवती महिलाको उद्धार गरिएको छ । उनीहरूलाई सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको हो ।

नेपाली सेनाका अनुसार, इलामको माइजोगमाई गाउँपालिका–५, शिरसिरेबाट विद्या राई, इलामको सन्दकपुर गाउँपालिका–१, छाँगेबाट कमलादेवी राई, पाँचथरको फिदिम नगरपालिका–१२, पुल भञ्याङ्गबाट लिम्सा लिम्बु र संखुवासभाको भोटखोला गाउँपालिका–३, हुङगुङबाट छिटेक भोटे गरी चार गर्भवती महिलाहरूको उद्धार गरिएको छ ।

उनीहरूलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरी वी.एन्ड.सी अस्पताल झापा र कोसी प्रादेशिक अस्पताल विराटनगर पुर्‍याइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूको लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत उनीहरुको उद्धार गरिएको सेनाद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर