तिब्बती क्षेत्रमा हिमआँधी : हजारौं पर्वतारोही र पर्यटक अलपत्र

काठमाडौं । दुर्गम तिब्बती क्षेत्रमा आएको हिमआँधीका कारण सगरमाथा गएका पर्वतारोहीलगायत करिब एक हजार मानिसहरू फसेका छन् । सगरमाथा पूर्वी भेगका शिविरहरूमा फसेकाहरूको उद्धार प्रयास जारी रहेको बीबीसीले जनाएको छ ।

उक्त क्षेत्र समुद्र सतहबाट चार हजार ९०० मिटरभन्दा माथिको उचाइमा छ । त्यहाँ पुग्ने बाटोमा थुप्रिएको हिउँ हटाउन सयौँ स्थानीय बासिन्दा र उद्धार टोलीहरूलाई परिचालन गरिएको समाचारमा उल्लेख छ ।
करिब ३५० जनाको उद्धार गरी सुरक्षित रूपमा कुडाङ सानो बस्तीमा पुर्‍याइएको छ ।

शुक्रबार साँझदेखि नै भारी हिमपात शुरू भएको थियो । यो क्षेत्र पर्वतारोही र पदयात्रीहरूका लागि लोकप्रिय मानिन्छ । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार, तिब्बतको ब्लू स्काई उद्धार टोलीले भारी हिमपातका कारण पालहरू भत्किएको र केही पदयात्रीहरूमा हाइपोथर्मियाका लक्षण देखिएको भन्दै सहयोगका लागि अनुरोध प्राप्त गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर