मोदीद्वारा जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्षासँगैको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन भारत तत्पर रहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेखेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनहानि र क्षति अत्यन्त दुःखद छ। यस कठिन समयमा हामी नेपालका जनता र सरकारसँग ऐक्यबद्ध छौँ। मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिकारकका रूपमा भारत आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध छ।’ नेपालमा अस्ति शुक्रबारदेखिको वर्षासँगै विभिन्न पहाडी तथा तराई क्षेत्रमा वर्षा, बाढी र पहिरोका कारण जनधनको क्षति भएको छ।
प्रतिक्रिया