विपी राजमार्ग क्षतविक्षत, मर्मतसम्भार गरेर सञ्चालन गर्न ७ दिन लाग्ने

काठमाडौं । दुई दिनदेखि परेको अविरल वर्षाका कारण बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन समय लाग्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार बीपी राजमार्गअन्तर्गत नेपालथोक–भकुण्डेवेशी खण्ड पूर्ण रुपमा ठप्प भएको छ।

त्यस खण्डअन्तर्गत पर्ने विभिन्न एक दर्जनभन्दा बढी स्थानमा रोशीमा आएको बाढीका कारण सडक बगाउँदा क्षतविक्षत भएको छ। रोशी खोलामा आएको बाढीले अस्थायी ट्रयाक पुनः पूर्ण रूपमा बगाएको प्रहरी प्रमुख सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी- १ गजुली दहमा सडकको माथिबाट ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ।  यस्तै सुनकोशी १ कै नेपालथोक, घ्याम्पे खोलामा रोशीको बाढीले आइतबार २ सय ५० मिटरबढी सडक बगाएको छ।

यसैबीच  सडक विभागका महानिर्देशक विजय जैसीले वीपी राजमार्ग बन्न सात दिन लाग्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले सो कुराको जानकारी दिएका हुन् । उनले खोलामा पानीको बहाव बढी रहेको र पानी काम हुने बित्तिकै खोल्ने तयारी गरिएको जानकारी दिए ।  ‘आज बाट नै काम सुरु भएको छ ।  गत वर्षकै जस्तो बाढीले सडक कटान गरेकाले केहि समय लाग्न सक्छ ।’  महानिर्देशक जैसीले पत्रकार सम्मेलनमा भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर