इलामको विभिन्न ठाउँमा पहिरो जाँदा १८ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर इलामको विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या १८ र अझै केही बेपत्ता रहेका छन् ।
इलामका विभिन्न स्थानमा हिजो रातीबाट पहिरो खसेको छ । पहिरोका कारण इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ। माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।
यस्तै देउमाई नगरपालिका ५ ढोरेमा १ जना, देउमाई नगरपालिका ५ धुस्नेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना, इलाम नगरपालिका घोसगाउँमा ६ जनाको मृत्यु पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया
