काठमाडौं उपत्यकाका करिडोरमा गाडी चलाउन बन्द गरिने
काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा रहेका सडकहरूमा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।
प्राधिकरणका अनुसार हाल देशभर विशेषगरी काठमाडौं उपत्यकामा भारीदेखि अति भारी वर्षा भइरहेको छ र आज राति थप वर्षा हुने पूर्वानूमान गरिएको छ । यस कारण नदी र खोलामा पानीको तह उच्च हुने र तटीय सडक क्षेत्रमा डुवानको सम्भावना बढेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया
