भारतको विहारमा भीषण वर्षा, नेपालमा भोलि अपराह्नसम्म मुसलधारे पानी पर्ने

काठमाडौं । भारतको ओडिसा क्षेत्रबाट आएको न्यून चापीय हावाका कारण यति बेला बिहार राज्यमा भारी वर्षा गराइरहेको छ । भारतीय मौसम विभागको तथ्यांक अनुसार बिहारका सबैजसो क्षेत्रमा यति बेला भारी वर्षा भइरहेको छ ।

त्यसै गरी पूर्वी चम्पारण, गोपालगञ्ज, सिवान, रोहतास, औरंगावाद र नवादा जस्ता जिल्लाहरूमा पनि अति–भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको छ । यसका साथै त्यहाँ ३०-४० किलोमिटर प्रतिघण्टाको गतिमा तेज हावा चल्ने र आँधीबेहरीको आउने चेतावनी दिइएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले बिहार राज्यको गया, कैमूर र पश्चिम चम्पारण जिल्लामा अत्यधिक भारी वर्षाको चेतावनी दिँदै हाई अलर्ट जारी गरेको छ ।

बिहारमा परिरहेको भारी वर्षाका कारण त्यहाँका गंगा, कोशी, सोन, बागमती, गण्डक, कमला र अधवारालगायतका प्रमुख नदीहरूको जल स्तरमा वृद्धि भइरहेको छ । त्यहाँको गंगा नदी भागलपुर र पटना क्षेत्रमा खतराको निशानाभन्दा पनि माथि पुगेर बगिरहेको छ । नेपालका भइरहेको वर्षाले ती नदीहरूमा पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको बताइएको छ ।

अहिले बिहारमा सक्रिय बनेको मौसम शनिबारदेखि नेपाल प्रवेश गर्ने बताइएको छ । नेपालको मौसम पूर्वानुमान महाशाखाले अहिले बिहारमा भइरहेको भारी वर्षा गराउने मौसमी प्रणाली शनिवार वीरगन्ज हुँदै नेपाल प्रवेश गर्नेछ ।
शनिवारबाट नेपाल प्रवेश गर्ने यो मौसमी प्रणालीले मधेस, बागमती र गण्डकी प्रदेशलाई बढी प्रभावित बनाउनेछ । वीरगन्ज र जनकपुर क्षेत्रदेखि सुरु भई, यसको प्रभाव चितवन, काठमाडौं, मकवानपुर, धादिङ हुँदै गोरखा र तनहुँसम्म पुग्ने अनुमान गरिएको छ । यी क्षेत्रहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर