अबको केही दिनमा भीषण वर्षा हुने अनुमान, बेलैमा सतर्क रहन आग्रह

काठमाडौं । अबको केही दिनमा भीषण वर्षा हुने अनुमान गरेका छन् । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले अब ‘भारी’ वर्षाको सम्भावना रहेको जानकारी दिएका छन् । उनले असोज १७ देखि २१ गतेसम्म अर्थात् अक्टोबर ३ देखि ७ तारिखसम्म भारी वर्षा हुन सक्ने अनुमान रहेको बताए ।

डा. पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ,‘फोरकास्ट (मौसम पूर्वानुमान) नमिलोस् भनेर अझै कामना गरौँ, तर, पोहोर सालको असोज १२ को जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ । अहिले तीनवटा मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको छ । भोलिदेखि वर्षा हल्का मध्यम हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने देखिन्छ । यात्रा गर्दा ध्यान दिनुहोला, भारी वर्षा लगभग ३–४ दिनसम्म हुने देखिएकाले कृषकहरूलाई बेलैमा जानकारी गरिदिनु होला ।’

मौसम पूर्वानुमान शाखाले पनि आज बिहान जारी बुलेटिनमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकण्ज्ञछण्दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ। गत वर्ष असोज १० देखि १३ गतेसम्म देशभर भारी वर्षा भएको थियो । त्यस्तै भारतले असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर