नेप्सेका हाकिमहरू अफिसमै थुनिए
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कर्मचारीले मंगलवार दिउँसोदेखि थालेको आन्दोलन मध्य रातसम्म चर्किँदा अध्यक्ष, सिइओलगायत उच्च पदस्थ अधिकारीहरू कार्यालयमै थुनिनुपर्ने अवस्था सिर्जना भयो । अन्ततः राति करिब १ बजे प्रहरीको हस्तक्षेपपछि उनीहरूको उद्धार गरिएको बताइएको छ ।
आन्दोलनको पृष्ठभूमि श्रम अदालतले नेप्सेका कर्मचारीलाई नाफाबाट बोनस दिन आदेश दिए पनि सञ्चालक समितिले उल्टो निर्णय गरेर बोनस रोक्ने निर्णय गरेकोमा कर्मचारी आक्रोशित बनेका हुन् ।
प्रतिक्रिया
