पहिरोले मुग्लिन-नारायणघाट सडक खण्ड पूर्णरूपमा बन्द

काठमाडौं ।  मुग्लिन-नारायणघाट सडक खण्डको तुईन खोला नजिक खसेको पहिरो पन्छाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन आज दिनभर लाग्ने जानकारी दिएको छ । अहिले मुग्लिन र नारायणघाटतर्फबाट दुई दुईवटा मेशिनले पहिरो पन्छाउने काम गरिरहेका छन् ।

हिजो मंगलबार दिउसो ४:५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द भएको छ । डिभिजन कार्यालयले सडक सुचारु नहुन्जेल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर