मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालन

काठमाडौं ।  मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । तुइनखोला पुल नजिकैको पहिरो पूर्णरूपमा हटाएर आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयले रोकिएका गाडीहरूलाई आफ्नो लेन अनुशासनमा रहन अनुरोध गरेको छ । कार्यालयले दिउँसो १ बजेदेखि सडक बन्द गरेर बाँकी पहिरो पन्छाउने काम गरेकोमा बेलुका साढे ५ बजे सडक सञ्चालनमा आएको हो ।

तुइनखोलामा गएको शुक्रवार पहिरो खसेर अवरुद्ध भएको सडक हिजो दिउँसो अबेर मात्रै एकतर्फी रूपमा सञ्चालनमा आएको हो । पहिरोको जोखिमका कारण गएराति सडक बन्द गरेर बिहानदेखि खुलाएकोमा दिउँसो १ बजेदेखि बन्द गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर