जेनजी आन्दोलनको गौरी कार्की आयोगले छानविन गर्ने

काठमाडौं ।  सरकारले जेनजी प्रदर्शनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष एवं पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय अयोग गठन गरेको हो ।

अयोग सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनका विज्ञ विश्वेश्वर राजभण्डारी रहने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । अयोगको कार्य अवधि तीन महिनाको रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर