एउटा जीवित संग्रहालयलाई जलाइयो, दुःख त्यतिमात्रै हो : राधिका शाक्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले बालकोटस्थित आफ्नो जलेको घरको अवस्थाबारे जानकारी लिएकी छन् । गत भदौ २३ गते जेनजी आन्दोलनको क्रममा ओली र शाक्यको घरमा आगो लगाइएको थियो । त्यसक्रममा घरका सरसामान जलेर नष्ट भएको थियो ।
घरको अवस्था जानकारी लिने क्रममा शाक्यले भनिन्, ‘३३ वर्ष राष्ट्र बैंकमा काम गरेर कमाएको पैसाले घर बनाएको हो। यो बस्ने घरभन्दा पनि एउटा संग्रहालय थियो। संगीतसँग सम्बन्धित हार्मोनियम, गितार, तबला आदि थुप्रै र ज्ञानगुणका किताबहरू जलेर नष्ट भएका छन्। समग्रमा घर भन्दापनि मेरो संग्रहालय थियो। संग्रहालयलाई राम्ररी जीवित बनाएर नयाँ पुस्ताका लागि छोडेर जाने विचार थियो। तर अहिले खरानी छाडेर जानुपर्यो, दुःख त्यति मात्रै हो।’
प्रतिक्रिया