नेपालस्थित भारतीयलाई सावधानी अपनाउन सल्लाह

काठमाडौं ।  जेनजी आन्दोलनले अस्तव्यस्त बनेको नेपालको अवस्थामा क्रमिक सुधार आएसँगै भारत सरकारले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले एक एडभाइजरी जारी गर्दै सडक यातायात र हवाई उडान नियमित सञ्चालनमा आए पनि अझै पनि सतर्कता अपनाउन जोड दिएको हो ।

तावासले भनेको छ, ‘नेपालको स्थितिमा केही हप्ताको तुलनामा सुधार आएको छ। सडक यातायात र उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् । यद्यपि नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीले जारी गरेका सल्लाह पालना गर्न सल्लाह दिइन्छ ।’ दूतावासले आफ्ना नागरिकको सहयोगका लागि हेल्पलाइन नम्बर, आपत्‌कालीन नम्बर र इमेल ठेगाना पनि जारी गरेको छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर