बदलीसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशका धेरै ठाउँमा पानी परेको छ । मनसुनसँगै स्थानीय वायु पनि सक्रिय भएको कारण देशका सबैजसो ठाउँमा बदली भएर धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुर्खेतको गोठीकाँडा वर्षामापन केन्द्रमा गएराति ठूलो पानी परेको छ । त्यस क्षेत्र भएर बहने स–साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । काठमाडौं उपत्यका र आसपासका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । आज पनि देशका धेरै ठाउँमा मौसम बदली हुनेछ । तर लामो समयसम्म मुसलधारे वर्षा हुने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
प्रतिक्रिया