असोज १ गते देशभर शोक बिदा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले न्यायिक जाँचबुझ आयोग गठनदेखि शोक बिदासम्मको निर्णय गरेको छ । हिजो सोमबार बसेको कार्की मन्त्रिपरिषद्को पहिलो बैठकले आउँदो असोज १ गते बुधबार शोक बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । असोज ३ गते संविधान दिवस मनाइन्छ । अन्तरिम सरकारले संविधान दिवस मनाउनेबारे भने कुनै निर्णय गरेको छैन । यसअघिका सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउन पहिल्यै अपिल जारी गर्ने गरेको थियो ।
प्रतिक्रिया