सविता भण्डारी बराल पहिलो महिला महान्यायाधिवक्ता

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन् । यस निर्णयसँगै भण्डारी नेपालको इतिहासकै पहिलो महान्यायाधिवक्ता बनेकी छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश बडालले आइतबार राजीनामा दिएपछि भण्डारी ३१औं महान्यायाधिवक्तामा नियुक्त भएर इतिहास बनाएकी हुन् ।

भण्डारी वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । ९९ वर्षीया भण्डारी अहिले पनि सर्वोच्च अदालतको इजलासमा बहस गरिरहेका भेटिन्छन् ।

२००९ सालबाट नेपाल सरकारको कानुनी सल्लाहकारका रूपमा महान्यायाधिवक्ता नियुक्त गर्ने प्रचलन सुरु भएको हो । ७३ वर्षको अवधिमा पहिलोपटक महिला महान्यायाधिवक्ता नियुक्त भएर इतिहास रचिएको हो ।

‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप प्रधानमन्त्री नियुक्त भएकी पहिलो महिला प्रधानमन्त्री कार्कीको सिफारिसमा भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनी राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर