नव नियुक्त तीन मन्त्रीको आज शपथ ग्रहण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्पिरिषदको आज सोमबार विस्तार हुने भएको । अन्तरिम सरकारका नवनियुक्त मन्त्रीको रुपमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
प्रधानमन्त्री कार्कीले हिजो आइतबार साँझ उनीहरूलाई मन्त्री पदमा सिफारिस गरिएको प्रधानमन्त्रीको सिफारिसको अधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शपथ ग्रहण गराउन लागेको बताइन्छ । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयमा नियुक्त गरेकी छन् ।
यस्तै अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका छन् । घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।