प्रधानमन्त्री सुशीला कार्कीको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण : मोदी

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको आगमन महिला सशक्तीकरणको बहुत उत्तम उदाहरण रहेको बताउनु भएको छ ।

मणिपुरमा आयोजित एक सभालाई सम्बोधन गर्दै मोदीले कार्कीको नियुक्तिलाई महिला सशक्तीकरणको बहुत उत्तम उदाहरण रुपमा  ब्यख्या गर्दै मोदीले कार्कीको आगमनले नेपालको नवोदयलाई संकेत गरेको धाराणा राख्नु भएको हो ।

हिमालयको काखको नेपाल भारतको एक घनिष्ठ मित्र भएको भन्दै  मोदीले दुई देश साझा इतिहास र आस्थाले जोडिएको साथै मिलेर अघि बढिरहेको पनि बताउनु भयो ।

यस्तो छ भारतीय प्रधानमन्त्री मोदिले  मणिपुरको सभामा सम्बोधनको क्रममा व्याक्त गरेको विचार

साथीहरू, आज मणिपुरको यो भूमिबाट म नेपालका मेरा साथीहरूसँग पनि कुरा गर्नेछु। हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो। हामी साझा इतिहासद्वारा जोडिएका छौं , आस्थाद्वारा जोडिएका छौं र सँगै मिलेर अगाडि बढिरहेका छौं। नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु। वहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण हो। म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो।

साथीहरू, नेपालमा भएको घटनाक्रममा अर्को एक विशेष कुरा छ जसमा मानिसहरूले ध्यान दिएका छैनन्। पछिल्ला दुई-तीन दिनदेखि, नेपालका युवा युवतीहरू धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडकहरू सफा गर्दै र रंग लगाउँदै गरेको देखिन्छन्। मैले सोशल मीडियामा उनीहरूको तस्बिरहरू पनि देखेको छु। उनीहरूको यो सकारात्मक सोच, यो सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो। म नेपालको उसको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर