प्रधानमन्त्री सुशीला कार्कीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद  यादवलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारीको उपस्थिति छ ।

समारोहमा जेनजीका प्रतिनिधिहरू सुदन गुरुङलगायत अन्य उपस्थित थिए । शपथ ग्रहण समारोहमा नव नियुक्त प्रधानमन्त्रीको परिवारका सदस्यहरूको फोटोसेसनको आयोजना गरिएकोमा उनका पति दुर्गा सुवेदीसँग फोटो खिचिएको र फोटो खिच्दाको क्षण सुवेदी प्रधानमन्त्री कार्कीको कुर्सी पछाडि उभिएका थिए । समारोहमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको कार्यकाल, देश र जनताको सफलताको कामनासहित शुभकामना दिएका थिए । राष्ट्रपतिले भने, ‘धेरै धेरै बधाई छ। धेरै धेरै शुभकामना। तपाईं सफल हुनुहोस्। देश सफल होस्।’ राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री सुशीला कार्की एकल सदस्यीय मन्त्रिपरिषद गठन गर्दै सम्पूर्ण मन्त्रालयको कार्यभार तोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर