के रवि लामिछाने जेल फर्कलान् ?

काठमाडौं । नक्खु कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएका कैदीहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते नक्खु जेलबाट सयौँ कैदीहरु भागेका थिए ।

उनीहरुलाई जेल फर्कन कारागारले अपिल गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सोही दिन सोही जेलबाट निस्किएका थिए । उनले प्रक्रिया पुरा गरेर निस्किएको दाबी गरेका छन् । तर, आम जनमानसले भने रवि पनि सो जेलबाट भागेको आकलन गर्दै आएका छन् ।

यस अवस्थामा उनी फेरि जेल फर्किन्छन वा फर्किन्दैन त्यो स्वयम उनलैलाई थाहा होला तर नागरिकले भने उनी जेलमा नै जानुपर्ने तर्क गर्न थालेका छन् । फरार कैदीहरु नआएमा फरार अवस्थाको निरन्तरता हुने र कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने काराकागार प्रशासनले चेतावनी दिएको छ ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर