सुन्धारामा घन्कियो नारा सुशीला कार्की मान्दैनौं

काठमाडौं । विभिन्न समूहमा विभाजित जेनजी समूहमध्ये केही समूहले नेपाली सेना समक्ष भावी अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीको नाम प्रस्तावित गरेपछि उनको विरोध सुरु भएको छ । सेनाले जङ्गीअड्डा वरिपरि कडाइ गरेपछि युवाहरू सुन्धारास्थित धरहराअगाडि भेला भएका छन् ।
बिहानैदेखि सुन्धारामा भेला भएका युवाले ‘सुशीला कार्की मान्दैनौँ’ भन्दै नाराबाजी गरेका छन् । उनीहरूलाई सेनाले माइकिङ गरेर धैर्य बस्न अनुरोध गरेको छ । हिजोदेखि जङ्गीअड्डा वरिपरि ठूलो संख्यामा भेला भएर नाराबाजी गर्न थालेपछि आज युवालाई सेनाले सुन्धारामै रोकेको हो ।
प्रतिक्रिया