एकाएक काठमाडौंको सुरक्षा व्यवस्था कडा

काठमाडौं । भदौ २३ गतेका दिन अगाडि हालीमुहाली चलाइएका राजनीतिक दलका नेताहरूले संविधान २०७२ को रक्षार्थ काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले गस्ती गरिरहेको छ । आज बिहान १० बजे अघिसम्म काठमाडौंका भौबाटोमा सेनाका जवानहरूनै ट्राफिक व्यवस्थापन गरेको थियो । अहिले निषेधाज्ञा लागू भएकाले काठमाडौं उपत्यकामा सर्वसाधारणको हिँडडुलमा नियन्त्रण ल्याइएको छ । सेनाको नियन्त्रणको प्रयाससँगै पसलहरू पनि धमाधम बन्द गरिएको छ ।
काठमाडौंको माइतीघर, कालीमाटी, नक्शाल, कमलपोखरी, सुन्धारालगायतका प्रमुख स्थानहरूमा सेनाको निरन्तर गस्ती रहेको छ । साथै सवारीसाधनको जाँच गरिरहेको छ । उनीहरूलाई सोधपुछ गरेर मात्रै आवश्यक कामका लागि जान दिएको छ भने अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरिएको छ ।