टोपबहादुर, टेकनारायणलगायत हजारौं कैदीबन्दी जेलबाट फरार

काठमाडौं । देशका विभिन्न कारागारबाट कैदीहरु भागेका छन् । भाग्ने प्रमुख बन्दीहरूमा सेन्ट्रल जेल नागस्थान काठमाडौंबाट एमाले नेता एवं भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी, भुटानी शरणार्थी प्रकरणकै पूर्व गृह सचिव टेकनारायण पाण्डे र नख्खु कारागारमा रहेका जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्वराज्यमन्त्री टकलासमेत छन् ।

काठमाडौंउपत्यकामा कारागारबाट भागेका कैदीले गएराती विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ । विभिन्न जिल्लामा कारागारबाट भागेका कैदी जिल्ला अदालत गएर आगजानी गरेको समेत पाइएको छ ।

अहिलेसम्म ललितपुरको नक्खु कारागारबाट १२ सय, काठमाडौंको डिल्लीबजार कारागारबाट ११ सय, सुनसरीको झुम्का कारागारबाट १५७५, कास्कीको कारागारबाट ७७३, कैलाली कारागारबाट ६१२, महोत्तरीको जलेश्वर कारागारबाट ५७६, चितवनबाट ७ सय, कन्चनपुर कारागारबाट ४५०, कपिलवस्तु कारागारबाट ४३१, रौतहटको गौर अदालतबाट २६०, दाङ कारागारबाट १२४, जुम्ला कारागारबाट ३६, बझाङ कारागारबाट ६५ जना भागेको पाइएको छ ।

प्राप्त जानकारी अनुसार मकवानपुरको भीमफेदी कारागारबाट समेत साढे २ सयभन्दाबढी कैदीहरु भागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर