नेपाली सेनाले डिल्लीबजार कारागारको सुरक्षा व्यवस्था सम्हाले

काठमाडौं ।  राजधानीको डिल्लीबजारस्थित कारागारमा कैदीबन्दीहरूले आगजनी र तोडफोड गरेका छन् । आफूहरूलाई पनि रिहा गरिनुपर्ने माग राख्दै कैदीबन्दीहरूले बुधबार बिहान प्रदर्शनसहित विध्वंसात्मक गतिविधिमा उत्रिएका हुन् ।

कारागार प्रशासक बाबुराम अर्यालले दिएको जानकारीअनुसार, अहिले कारागारभित्रबाट आगोको मुस्लो बाहिर आइरहेको छ । स्थिति नियन्त्रणबाहिर गएपछि अहिले कारागारको सुरक्षा व्यवस्था नेपाली सेनाले सम्हालेको छ ।

आगजनी र तोडफोडका कारण कारागारभित्र ठूलो क्षति पुगेको छ । कारागारभित्रको अवस्था तनावपूर्ण रहेको र कैदीबन्दीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर