नेपाली सेना सडकमा, उच्छृंखल गतिविधि भए ०१–५९७९२२३ हेल्पलाइनमा सम्पर्क गर्न अपिल
काठमाडौं । नेपाली सेनाले आफ्नो प्रतिबद्धता पूरा गर्दै आज मंगलबार राति १० बजेपछि सडकमा उत्रेको छ सेना सडकमा उत्रिएसँगै सेनाले उच्छृंखल गतिविधि भए खबर गर्न हेल्पलाइन नम्बर दिएको छ। देशका विभिन्न भागमा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सबै सुरक्षा निकाय र आन्दोलनरत समूहका साथ सेना अघि सरेको छ।
आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न सेनाले अनुरोध गरेको छ। जसका लागि नेपाली सेनाको हेल्पलाइन नम्बर ०१–५९७९२२३ र ०१–५९७९२२४ नम्बर दिएको छ।
प्रतिक्रिया
