देउवा दम्पती, गगन थापा र विष्णु पौडेलको राम धुलाई
काठमाडौं । जेनजी आन्दोलनकारीहरूको उग्र प्रदर्शनका बीच पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा आज राम धुलाईमा परेका छन् ।
काठमाडौंको बूढानीलकण्ठस्थित देउवा निवासमा भएको हिंसात्मक आक्रमणबाट घाइते देउवा दम्पतीलाई सेनाले घरबाट उद्धार गरेर अस्पतालतर्फ लगेको थियो ।
देउवा निवासमा प्रवेश गरेका प्रदर्शनकारीहरूले निवासमा तोडफोड र आगजनी गरेका थिए । सो क्रममा देउवा दम्पती घरभित्रै रहेका थिए । उनीहरूलाई प्रदर्शनकारीले कुटपिट गर्दा दुबैजना शारीरिक रूपमा घाइते भएका थिए । यस्तै कांग्रेसका महामन्त्री गगनकुमार थापा पनि जेनजीको आक्रमणमा परेका छन् । यस्तै, एमाले नेता भनिएका विष्णु पौडेललाई पनि प्रदर्शनकारीले राम धुलाई गरेका छन् ।
प्रतिक्रिया
