सिभिल अस्पतालमा घाइते भएकामध्ये तीन जनाको मृत्यु

काठमाडौं ।  काठमाडौंमा मंगलबारको प्रदर्शन क्रममा घाइते भएकामध्ये तीन जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालको इमरजेन्सी विभाग प्रमुख रमेश पन्तका अनुसार दिउँसो घाइते भएर उपचारका लागि ल्याइएका तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुने तीनै जना पुरूष छन्। उनीहरूमध्ये एक जनाको टाउकोमा, एक जनाको छातीमा र एक जनाको पेटमा गोली लागेको थियो। उनीहरू तीनै जनाको परिचय खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर