प्रचण्डको घरमा तोडफोडको प्रयास
काठमाडौं । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझै उग्र बनेको छ। कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनकारीहरू नेताहरूको घर तथा निवासमा तोडफोडमा उत्रिएका छन्। यही क्रममा एक समूह माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवाससम्म पुगेको छ। प्रदर्शनकारीहरूले गेटमा तोडफोड गर्दै निवासभित्र छिर्ने प्रयास गरिरहेका छन्।
प्रतिक्रिया
