१९ जना जेनजी मारिएपछि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटायो
काठमाडौं । १९ जना जेनजी मारिएपछि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएको छ । हिजो सोमबार सामाजिक सञ्जालमाथिको लगाइएको प्रतिबन्धको देशव्यापी रूपमा चर्को विरोध स्वरूप भएको प्रदर्शनमा संघीय राजधानी काठमाडौं र इहहरिमा गरी १९ जना जेजजी प्रहरीको गोलीले मारिएपछि मन्त्रिपरिषदको राति बसेको बैठकले प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
सूचना एवं सञ्चार, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिँदै सरकारको उक्त पूर्ववत् निर्णयप्रति कुनै पश्चाताप नभएको जिकिर गरे ।
जेनजीको आन्दोलनमा व्यापक प्रहरी दमन भएर १९ जना प्रदर्शनकारीको मृत्यु भएको करिब ४ सय ५० जना घाइते भएको अन्तर्राष्ट्रिय क्षेत्र, मानव अधिकार आयोगकोे सर्वत्र आलोचना भएपछि गोली हान्ने आदेश दिने गृहमन्त्री रमेश लेखकले हिजै आफ्नो पदबाट राजीनामा दिएका थिए ।
