दमकमा पनि जेनजीमाथि गोली प्रहार, गण्डकीमा मुख्यमन्त्रीको कार्यालयमा आगजनीको प्रयास

(पोखरामा भएको विरोध प्रदर्शन)

काठमाडौं ।  झापाको दमकमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीले हवाई फायर गरेको छ। दमक नगरपालिका अगाडि प्रदर्शनकारी युवाले आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो। प्रदर्शन उग्र बनेपछि र ढुङ्गामुढा हुँदा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्तिहरू घाइते भएको स्थानीय प्रशासनले जनाएको छ।

यसैबीच गण्डकीका मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेका छन् । आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आगजनी प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरिएको छ । प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानी फोहरा प्रहार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर