जेनजी विरोध : एक प्रदर्शनकारीको मृत्यु, ६० भन्दा बढी घाइते

काठमाडौं । नयाँबानेश्वरमा जेनजीको आह्वानमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

सिभिल अस्पताल, नयाँबानेश्वरमा उपचाररत ती घाइतेको मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । अस्पतालका निर्देशक डा. मोहन रेग्मीका अनुसार मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको छ । सिभिल अस्पतालमा ७० देखि ८० जना भन्दा बढी घाइतेको उपचार भइरहेको छ । यस्तै वीरअस्पतालको ट्रमा सेन्टरमा पनि घाइतेको उपचार भइरहेको बताइएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा थप तनाव सिर्जना हुन नदिन सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर