बानेश्वर क्षेत्रमा कर्फ्युसँगै सेना परिचालन

काठमाडौं ।  जेनजीको  प्रदर्शन उग्र बनेपछि बानेश्वर क्षेत्रमा कर्फ्युसँगै सेना परिचालन गरिएको छ ।

माइतीघरबाट आएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवनमा प्रवेश गरेका थिए भने प्रदर्शन उग्र बनेपछि प्रहरीले रबरको गोली चलाएको थियो ।

अवस्था जटिल बनेपछि काठमाडौं प्रशासनले कर्फ्यु लगाएको हो । संसद भवनभित्रसम्म प्रदर्शनकारी पुगेपछि र गेटमा आगोसमेत लगाएपछि स्थिति नियन्त्रण गर्न सेना समेत परिचालन गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर