संसद भवनबाट गृहमन्त्री लेखक बैठक छोडेर बाहिरिए, गेटमा आगलागी

काठमाडौं । जेनजी आन्दोलनले उग्र रूप लिएपछि आक्रोशित भीडले संघीय संसदको गेट नम्बर २ मा आगो लगाएका छन् । भीडका कारण अग्नि शमन यन्त्र घटनास्थलमा पुग्न नसक्दा आगो बलिरहेको दृश्य देखिएको छ ।
प्रदर्शनकारीले संसद् भवन चारैतिरबाट घेरेका छन्। संसद्का तीनवटै गेट अगाडिको सडक जेनजीको कब्जामा छ। प्रदर्शनकारीले संसद् भवनभित्र ढुंगा प्रहार गरिरहेका छन्।

संसद् भवनभित्र जेनजी पुस्ताका प्रदर्शनकारी प्रवेश गरेपछि गृहमन्त्री रमेश लेखकले सोमबार संसदीय समितिको बैठक बीचमै छाडेका छन्। गृहमन्त्री लेखक सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी हुन आएका थिए। तर संसद् भवन वरपर जेनजी आन्दोलनकारी प्रवेश गरेपछि उनले बैठक छाडेर बाहिरिएको एक सांसदले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर