प्रहरीको घेरा तोड्दै जेनजी संसद भवनभित्र छिरे, प्रहरीद्वारा हवाई फायर,

काठमाडौं । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको विरोधमा सरकारविरुद्ध उत्रेका जेनजीले आज संघीय संसद भवनको पर्खाल चढेर संसद परिसरमा प्रदर्शन गरेका छन् । प्रहरीले लाठीचार्ज, पानीको फोहरा र टियर ग्यास हाने पनि प्रदर्शनकारीहरू त्यलाई बेपर्वाह गर्दै संसद भवनभित्र प्रवेश गरेका हुन् ।
थाम्न नसक्ने अत्यधिक संख्यामा आएका प्रदर्शनकारीहरूका बीच सुरक्षाकर्मीहरू हच्केका छन् । बिहान ९ बजेदेखि माइतीघरबाट सुरु भएको प्रदर्शनमा बानेश्वरमा पुगेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अनेकन् निषेधको प्रयास गर्दा पनि उनीहरू असफल भएका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ ।
प्रतिक्रिया