जेनजीका प्रदर्शनकारीमाथि लाठीचार्ज अश्रुग्यास प्रहार, नयाँ बानेश्वर तनावग्रस्त

काठमाडौं । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको विरोधमा सरकारविरुद्ध उत्रेका जेनजीले आज संसद भवन बाहिर प्रदर्शन गरेका छन् । प्रहरीले निषेधित क्षेत्र तोडेको भन्दै अश्रुग्यस, लाठी चार्ज र पानीको फोरा हानेको छ । सरकारको प्रतिरोधको अतिरिक्त जेनजीका प्रदर्शकारीहरू अगाडि बढेका छन् । आज देशैभर सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

थाम्न नसक्ने अत्यधिक संख्यामा आएका प्रदर्शनकारीहरूका बीच सुरक्षाकर्मीहरू हच्केका छन् । बिहान ९ बजेदेखि माइतीघरबाट सुरु भएको प्रदर्शनमा बानेश्वरमा पुगेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्यास हानेको हो। माइतीघरबाट गएको टोलीले बानेश्वरको प्रहरीको ब्यारिकेड तोडेर अघि बढेको थियो भने तीनकुनेबाट आएको टोली संसद भवनको गेट छेवैमा पुगेको थियो। जेनजीले सरकारले सामाजिक सञ्जालहरु नै बन्द गरेपछि जेनजी आक्रोशित थियो। उनीहरुले योसँगै भ्रष्टाचारविरुद्ध भन्दै सामाजिक सञ्जालबाटै विरोध प्रदर्शनको आयोजना गरेका हुन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर