आजदेखि एमालेको विधान महाधिवेशन

काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) बाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने यस महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ।
महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३ सय १५ जना आयोजक गरी कुल २ हजार ३ सय ४१ जना सहभागी हुने जनाइएको छ। महाधिवेशनको तयारी स्वरूप, महाधिवेशन स्थलसम्म पुग्ने सातदोबाटोदेखि गोदावरीसम्मको करिब १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ।
एमालेले यस महाधिवेशनका लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा तय गरेको छ।
प्रतिक्रिया