मेटा सरकारको सम्पर्कमा सम्भवत: फेसबुकलगायतका बन्द नहुने

काठमाडौं ।  फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता चर्चित सोसल मिडिया प्लेटफर्मको माउ कम्पनी मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ ।

आज मात्र सरकारले नेपालमा दर्ता नभएका सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि सिंगापुरबाट मेटा कम्पनीका प्रतिनिधि सञ्चार मन्त्रालयको सम्पर्कमा आएका हुन् । उनले दर्ताका लागि के कस्ता प्रक्रिया छन् भनेर सोधीखोजी गरेपछि मन्त्रालयले आवश्यक पर्ने विवरण इमेलमार्फत पठाइसकेको प्रवक्ता गजेन्द्रकुमार ठाकुरले  जानकारी दिए ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सिंगापुरमा रहेको मेटा कम्पनीका प्रतिनिधिले आज बिहीबार अनौपचारिक रूपमा सम्पर्क गरेका थिए ।  उनले मन्त्री पृथ्वी सुब्बा  गुरुङका सल्लाहकार शालिग्राम पराजुलीलाई मेटा कम्पनीका अधिकारीहरूले सरकारको निर्णयबारे सोधेका थिए भने नेपालको विद्यमान कानुन अनुसार के-के कागजपत्र चाहिन्छ भनेर जिज्ञासा राखेका थिए ।

‘हामीले उनको इमेल ठेगानमा माग्यौँ । सो इमेलमा नेपाल सरकारले गर्न लागेको व्यवस्थाको बारेमा जानकारी दिइसक्यौँ,’ ठाकुरले भने ‘अब चाँडै दर्ता हुने कुरो बुझिएको छ ।’ उनका अनुसार नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्चालन र ओटीटी प्लेटफर्म कम्पनीहरू दर्तालगत्तै सञ्चालन गर्नु भन्ने निर्देशन मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई दिइसकिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर